
शिवपूजाद्वारा भक्तले शुभाशीर्वाद प्राप्त गर्दछ र उसका सबै मनोरथ पूर्ण हुन्छन् । सर्वदेवात्मको रुद्रः सर्वे देवा शिवात्मकाः ॥ (रुद्रहृदयोपनिषद्) अर्थात् सबै देवताका हृदयमा रुद्र छन् र सबै देवताहरू रुद्रबाट नै प्रादूर्भाव भएका हुन्। तसर्थ दैनिकरूपले वा विशेष गरेर प्रदोष, सोमबार, शिवरात्रि आदि पर्वमा शिवपूजा, रुद्राभिषेक आदि गर्नाले सम्पूर्ण देवीदेवताहरू खुसी भई चाहेको फल दिन्छन् । सुख, शान्ति, ऐश्वर्य, समृद्धि, सन्ततिवृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि भगवान् आशुतोष शिवलाई प्रसन्न गराउन रुद्राभिषेक गरिन्छ । गृहारम्भ, गृहशान्ति, शान्ति, ग्रहशान्ति, गृहशुद्धि लगायतका कार्यमा रुद्राभिषेक अनिवार्य जस्तै छ
REF. RPP/121
Available